पोखरामा चट्याङ लागेर एक जनाको ज्यान गयो – Nagarikabhiyan : National News

पोखरामा चट्याङ लागेर एक जनाको ज्यान गयो

देवानगञ्ज  – पोखरा महानगरपालिका वडा नम्बर २३ को हर्पनमा गएराति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर ४९ वर्षीय देवबहादुर विकको गएको हो ।
चट्याङ लागेर बेहोस भएका उहाँलाई मेट्रोसिटी अस्पताल पोखरामा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषण गरेका हुन् ।

उहाँको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।