छोटो बाटो जान खोज्दा बगेर एक किशोरीको ज्यान गयो – Nagarikabhiyan : National News

छोटो बाटो जान खोज्दा बगेर एक किशोरीको ज्यान गयो

दैलेख – दैलेखमा खोलाले बगाउँदा शनिबार एक किशोरीको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १६ वर्षीया उर्मिला कठायतको ज्यान गएको हो ।

गएराति गहुँ पिस्न घट्टमा बास बसेकी ती किशोरी झोलुङ्गे पुलबाट घुमाउरो पर्ने ठानेर छोटो बाटोका लागि भूतगाढ खोला तर्न लाग्दा खोलाले बगाएको ठाँटीकाँध प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक असई कृष्ण कुँवरले बताउनुभयो ।

घट्ट नजिकैबाट खोला तर्न लागेकी ती किशोरीलाई खोलाले बगाएर झण्डै २ सय मटिर टाढा खोलाको किनारामा ल्याएको थियो । मृतक उर्मिला ठाँटीकाँध गाउँपालिका–४ मा रहेको देउती मावि गैरागाउँमा कक्षा १० मा अध्ययनरत हुनुहुन्थ्यो ।