देवानगञ्ज बजारमा चलियो डोजर, हटियो अवैध घर टहरा, स्थानियहरु खुसी – Nagarikabhiyan : National News

देवानगञ्ज बजारमा चलियो डोजर, हटियो अवैध घर टहरा, स्थानियहरु खुसी

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ को बजार क्षेत्र अतिक्रमण गरि बनाएको घर टहरा देवानगञ्ज गाउँपालिकाले  डोजर चलाए हटाएको छ ।

देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताको र वडा अध्यक्ष जगनरायण मेहताको विशेष पहलमा उक्त्त घर टहरा हटाएको छ ।
बजार खालि गर्न गएको डोजर लाई रोक्न खोज्दा समान्य विवाद भएको थियो । बजार क्षेत्र खालि गाइ रहदाँ प्रहरी प्रशासनको उपस्थि थिएन प्रहरी प्रशासनको उपस्थित विनै उक्त्त समरचना हटाएको छ ।

स्थानियहरुले उलेखय रुपमा उपस्थित भएर उक्त्त कार्यलाई सघाएको थियो ।  लामो समय देखि जग्गा हडपेर घर टहरा बनाएर वस्दै आएकोमा आज  (शुक्रवार) खालि हुदाँ स्थायिहरुले पालिका अध्यक्ष बेचन प्रसाद मेहता र वडा अध्यक्ष जगनरायण मेहता लाई धन्यवाद व्यत्त गरेको छ ।
स्थानिय जनताहरु स्थानिय सरकारको यो कार्यको खुलेर जय जय कार गरेका छन ।