जाजरकोटमा पानि डुबेर दुई जनाको ज्यान गयो
८ असार २०८०, शुक्रबार ०९:४४
जाजरकाेट – जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर ज्यान गएको छ ।
छेडागाड नगरपालिका–१ मा रहेको छेडाखोलामा माछा मार्ने क्रममा स्थानीय ५० वर्षका नरबहादुर नेपाली र शिवालय गाउँपालिका–९ का ४९ वर्षका धनबहादुर बुढाको ज्यान जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
हिजो बिहीवार दिउँसो डुबेका दुवै जनाको शव जालमा बेरिएको अवस्थामा बेलुका भेटिएको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष रामबहादुर बुढाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया