भोलि शुक्रबार देवानगञ्ज बजारमा डोजर चल्ने निश्चित ! – Nagarikabhiyan : National News

भोलि शुक्रबार देवानगञ्ज बजारमा डोजर चल्ने निश्चित !

देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ को बजार क्षेत्रको जग्गा अतिक्रमण गरेर निमार्ण गरेको घर टहरा भोलि शुक्रवार विहान ८ बजे सम्म नहटाए गाउँपालिकाले खालि गराउने भएको छ । नागरिक अभियान संग कुरा गर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले यस्तो बताउनु भएको छ । मेहताका अनुसार बजार खालि गाराउने पटकपटक प्रयास गर्दा कानुनि अडचनका कारण खालि हुन सकेको थिएन तर सोमवार जिल्ला अदालत सुनसरीले बजार खालि नगाराउन परेको मुदा खारेज गरे पछि गाउँपालिका लाई बाजार खालि गराउन बाटो खुल्लेको छ ।

बजार क्षेत्रको जग्गा अतिक्रमण गरी बनाएको घर टहराका कारण बजार क्षेत्र अव्यवस्थी हुदाँ व्यापारीहरुको व्यापार नचल्दा समस्या भएको छ  ।