नुवाकोटमा ठूलो वर्षा सतर्कता अपनाउन आग्रह – Nagarikabhiyan : National News

नुवाकोटमा ठूलो वर्षा सतर्कता अपनाउन आग्रह

देवानगञ्ज । पछिल्लो तीन घण्टामा नुवाकोटको बेत्रावती आसपासको क्षेत्रमा ठूलो वर्षा मापन भएको छ ।

ठूलो वर्षा भएपछि नेपाल बाढी सूचना केन्द्रले बाढीको चेतावनी जारी गरेको छ । थप वर्षा हुने पूर्वानुमान रहेकोले बेत्रावती भएर बहने स–साना नदीहरूमा आकस्मिक बहाव, कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन केन्द्रको आग्रह छ ।