अदालतको आदेशसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बन – Nagarikabhiyan : National News

अदालतको आदेशसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाण्डौ –  नक्कली शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वतः निलम्बन भएको छ ।
प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा पद निलम्बनमा पर्ने प्रावधान छ । अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रायमाझीले सांसदको हैसियतमा कुनै गतिविधि गर्न नपाउने नियम छ ।

संसदको यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर दोषी ठहर भए रायमाझीको पदै जान्छ र निर्वाचित क्षेत्रमा उपचुनाव हुन्छ । अभियोग पुष्टि नभएर थुनामुक्त भएपछि त्यसको जानकारी संसदलाई गराउनुपर्ने हुन्छ । त्यसपछि निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई दिनेछन् र निलम्बन फुकुवा हुनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले हिजो रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो नक्कली शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वतः निलम्बन भएको छ ।

प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा पद निलम्बनमा पर्ने प्रावधान छ । अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रायमाझीले सांसदको हैसियतमा कुनै गतिविधि गर्न नपाउने नियम छ ।

संसदको यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर दोषी ठहर भए रायमाझीको पदै जान्छ र निर्वाचित क्षेत्रमा उपचुनाव हुन्छ । अभियोग पुष्टि नभएर थुनामुक्त भएपछि त्यसको जानकारी संसदलाई गराउनुपर्ने हुन्छ । त्यसपछि निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई दिनेछन् र निलम्बन फुकुवा हुनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले हिजो रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो