ग्यारेजभित्र आगलागी, दुई मोटरसाइकल जलेर नष्ट – Nagarikabhiyan : National News

ग्यारेजभित्र आगलागी, दुई मोटरसाइकल जलेर नष्ट

धनगढीः नवजीवन सहकारीको ग्यारेजभित्र आगलागी हुँदा दुई थान मोटरसाइकल जलेर नष्ट भएको छ।

आज दिउँसो टीकापुर नगरपालिका–१ मा रहेको नवजीवन सहकारी संस्थाको मोटरसाइकल पार्कीङ गर्ने ग्यारेजमा आगलागी हुँदा दुई मोटरसाइकल जलेर नष्ट भएको हो। ग्यारेजभित्र पार्कीङ गरी राखेको सोही सहकारी संस्थाका सुरक्षा गार्ड ४१ वर्षीय मदनबहादुर सिंहको भे ८ प २९३ नम्बरको मोटरसाइकल सुर्खेत बिरेन्द्रनगर नगरपालिका–८ खजुराका ५६ वर्षीय कालु खाँण ठकुरीको सुदूरपश्चिम प्रदेश ०१००८ प ५९०२ नम्बरको मोटरसाइकलमा एक्कासी आगलागी हुँदा दुबै मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट चार लाख बराबरको क्षति भएको छ। प्रहरी र दमकलको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रण आईसकेको प्रहरीले जनाएको छ।