गोरखाको ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाको ज्यान गयो
३२ जेष्ठ २०८०, बिहीबार ०६:४५
गोरखा – गोरखाको ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
सिरानचोक गाऊँपालिका–३ हर्मीको ठानीस्वाँरामा बुधवार हिजो बेलुका ग १ ख ६४६५ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षकी पुतली सर्किनीको घटनास्थलमै ज्यान गएको हो ।
बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया