प्रहरीको गाँजा फडानी अभियान सुरु – Nagarikabhiyan : National News

प्रहरीको गाँजा फडानी अभियान सुरु

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिवन्धित गाँजा खेती फडानी अभियानमा लागेको छ ।
प्रहरीले अवैध रुपमा लगाएको गाँजा फडानी अभियान थालेको जनाएको छ । अभियान अन्र्तगत

शुक्रवार भोक्राहा नरसिंह गाउँपालिकामा पाँचसय भन्दा बढी गाँजा बोट नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक अवधलाल यादवको नेतृत्वको टोलीले गाँजा फडानी अभियानलाई तिव्र पारेको छ । प्रहरीले
प्रत्येक वर्ष गर्दै आएको गाँजा फडानी अभियानलाई निरन्तरता दिएको बताइएको छ ।

प्रत्येक वर्ष प्रहरीले गाँजा फडानी गरेपनि गाँजा लगाउनेलाई कार्वाही नगर्दा गाँजा खेती प्रत्येक वर्ष बढ्दै
गएको स्थानीयहरुले गुनासो गरेका छन् ।