कालीमाटीमा प्याज भेट्न मुश्किल, अन्त बजारमा छोइनसक्नु महंगो – Nagarikabhiyan : National News

कालीमाटीमा प्याज भेट्न मुश्किल, अन्त बजारमा छोइनसक्नु महंगो

दुई हप्ता अघिसम्म प्याज बेच्न भ्याइनभ्याइ हुने कालीमाटीका व्यापारी मनोज गौतम यतिबेला फुर्सदमा हुनुहुन्छ । बजेटले आलु प्याजमा भ्याट लगाउने निर्णय गरेपछि विरोधस्वरुप व्यापारीले प्याजको आयात गरेका छैनन् । प्याजका बोराले व्यापारीको अनुहार नै नदेखिने चाङ हुने कालीमाटी थोक तरकारी बजारको प्याजका स्टलहरु यतिखेर खाली छन् ।

सरकारले आलु प्याजमा १३ प्रतिशत भ्याट लगाएपछि व्यापारी तथा उपभोक्ता दुवैलाई समस्या रहेको व्यापारी गौतम बताउनुहुन्छ । ‘आलु प्याज भनेको कुहिएर जाने चिज हो । यसको हिसाब किताब राख्न पनि गाह्रो छ,’ उहाँ भन्नुहुन्छ, ‘यस्तो वस्तुमा कसरी भ्याट लाग्छ रु हामीले स्टक मिलाउन पनि सकिँदैन । यसलै अहिले कालीमाटी मण्डीमा प्याज छैन ।’

कालीमाटी तरकारी बजारका थोक व्यापारीले भारतबाट प्याज आयात नगरेपछि बजारमा प्याज पाउनै मुश्किल छ । आलु भने यतिखेर उत्पादको सिजन भएको र स्थानीय उत्पादनले अझै केही समय माग धान्ने देखिन्छ । तर, भारतबाट आयात नभएपछि खुद्रा बजारमा आलु र प्याज दुवैको भाउ बढेको छ । कालीमाटी तरकारी बजार विकास समितिको मूल्य सूचीमा जेठ १५र१६ गते ४० रुपैयाँ किलोको रातो आलु जेठ ३० गते ४५ रुपैयाँ तोकिएको छ । तर, खुद्रा बजारमा भने आलुको भाउ ६० रुपैयाँ किलो छ ।

समितिको मूल्य सूचीमा जेठ १५र१६ गते ३५ रुपैयाँ किलो रहेको प्याजको भाउ लगातार बढेको देखिन्छ । १७ गते ४० तथा १८ गते ४५ रुपैयाँ किलो रहेको प्याज १९र२०र२१ गते ५२ रुपैयाँ थियो । त्यसपछि २२ गते ६० रुपैयाँ किलो रहेको प्याजको मूल्य २३ गते पछाडि भने समितिले समावेश गर्ने गरेको छैन । अहिले खुद्रा बजारमा प्याजको भाउ एक सय रुपैयाँभन्दा माथि छ