सेती नदीमा नुहाउने क्रममा रामेछापका युवक बेपत्ता – Nagarikabhiyan : National News

सेती नदीमा नुहाउने क्रममा रामेछापका युवक बेपत्ता

देवानगञ्ज । डोटीको सेती नदीमा नुहाउने क्रममा रामेछापका युवक बेपत्ता भएका छन ।

जिल्लाको उमाकुण्ड गाउँपालिका(५ कृतिगाउँ घर भई हाल काठ चिरानको काम गर्दै आएका २४ वर्षीय मिलन तामाङ दिपायल सिलगढी नगरपालिका ३ कैलडामा आइतवार साझ ५ः३० वजेको समयमा सेती नदिमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए ।

बेपत्ता भएका तामाङकोे जिल्ला प्रहरी कार्यालय डोटी, ईलाका प्रहरी कार्यालय दिपायल र स्थानियहरुको सहयोगमा खोजिकार्य जारि रहेको दिपायलका प्रमुख रूप सिंह थापाले बताए ।