कहिले बन्छ इनरुवाको मुख्य बजार देखि भुमिसुधार सम्मको सडक ? – Nagarikabhiyan : National News

कहिले बन्छ इनरुवाको मुख्य बजार देखि भुमिसुधार सम्मको सडक ?

इनरुवा । लामो समय देखि सडक निमार्ण हुन नसक्दा सडकको धुलोले घरमा बस्न सक्ने अबस्था नभएपछि इनरुवाको मुख्य बजार देखी भुमिसुधार कार्यालय सम्म सडक खण्डका स्थानीय आजित भएका छन् ।

निर्माणधिन सडकबाट उडेको धुलो घर र पसल भित्र पसेर बस्न नसक्ने भएपछि उनीहरुले निर्माणधिन सडकको कारण आजित भएका हुन् ।  निर्माण सुरु भएको लामो समय हुदा पनि सम्पन्न नभएको र धुलोका कारण कठिनाइ भोग्नु परी रहेको स्थानीयबासीहरु बताउँछन् ।

सडकमा उड्ने अत्याधिक धुलोकै कारण सडक छेउमा बसोवास गर्ने कतिपय मानिस विरामी पर्न थालेको, पसल खोलेर ब्यापार ब्यवसाय गर्न नसकेको तथा घरभित्र समेत बस्न सक्ने अबस्था नभएको स्थानीयबासीको गुनासो छ ।

‘रोडको छेउमा घर छ । यो बाटो समयमा नबन्दा धेरै कठिनाइ भोग्नुपरेको छ । धुलो उडेर वारीको पारी मान्छे देख्न सक्ने अबस्था हुन्न’, एक स्थानीयले भने ‘खाने कुरामा धुलो, घर भित्र धुलो, धुलोका कारण कतिपय बिरामी परेका छन् ।’ धुलो नियन्त्रण गरी छिटो निर्माण कार्य सम्पन्न गर्न इनरुवा नगरपालिका कार्यालय र सम्बन्धित निर्माण कम्पनीलाई पटक पटक आग्रह गर्दापनि सुनुवाई नभएको स्थानीयले बताए ।

इनरुवाको मुख्य सडक सखुवागाछी–बविया सम्मको सडक कालोपत्रे बिस्तारको लागि निर्माण सम्झौता भएको लामो समय सम्मपनि काम सम्पन्न नहुन स्थानीय आक्रोसित बन्न थालेका छन् । सडक कालोपत्रे समयमा सम्पन्न गर्न नसक्नु जनप्रतिनिधी र सम्बन्धित निर्माण कम्पनीको कमजोरी भएको उनीहरुको ठहर छ ।

तर इनरुवा नगरपालिका कार्यालयले बाटो कालोपत्रे गर्नका लागि स्थानीयबासीको अबरोध हटे केही दिनमै कालोपत्रेको काम सुरु गर्न सकिने बताउदै आएको छ ।