रेडियो तथा टेलिभिजन पत्रिका धमाधम बन्द हुन थालेका पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए – Nagarikabhiyan : National News

रेडियो तथा टेलिभिजन पत्रिका धमाधम बन्द हुन थालेका पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए

कैलालीका सञ्चार माध्यम धमाधम बन्द हुन थालेका छन्। कैलालीबाट प्रकाशित दैनिक पत्रिका, एफएम रेडियो तथा टेलिभिजनहरु बन्द हुन थालेका हुन्।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीका अनुसार जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यामहर बन्द हुने क्रम बढेको हो। कैलाली बहुमुखी क्याम्पस, धनगढीले बिहिवार आयोजना गरेको व्यावसायिक पत्रकारिताका चुनौतीबारे कार्यशालामा जोशीले दैनिक पत्रिका, रेडियो तथा टेलिभिजनहरु बन्द हुने क्रम बढेको बताएका हुन।

उनले कैलालीमा ३० वटा दैनिक पत्रिका दर्ता रहेकोमा ७ वटा मात्र सञ्चालनमा रहेको बताए्। जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएका ३० वटा पत्रिकामा दैनिक ७ वटा मात्र प्रकाशनमा रहेका हुन्। जिल्लामा दर्ता भएका २३ वटा दैनिक पत्रिका बन्द तथा कहिले काही मात्र प्रकाशन हुँदै आएका छन्।
कैलालीमा २८ वटा एफएम रेडियो दर्ता भएका छन्। जिल्लाबाट प्रशारण हुने २८ रेडियोमा नियमित प्रशारणमा १५ वटा मात्र रहेका छन्। पत्रकार महासंघ कैलालीका अनुसार कोरोना भाइरसको संक्रमणपछि जिल्लाका सञ्चार माध्याम बन्द हुने क्रम बढेको हो। कैलालीबाट तीन वटा टेलिभिजन प्रशारणमा रहेका थिए। उनीहरुको अवस्थासमेत राम्रो नरहेको जोशीले बताए। पत्रकार महासंघको सदस्यता लिएका पत्रकार जिल्लामा एक सय ९२ रहेका थिए। ६१ जनाको सदस्यता नविकरण गरिएको छैन भने ५२ जना जिल्लामा नयाँ सदस्य थपिएका छन्।

बिहिवार धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा भएको कार्यशालामा सञ्चार विज्ञ, धनगढीका पत्रकार र पत्रकारिताका विद्यार्थीबीच अन्तरक्रियामा सञ्चार माध्याम बन्द हुने र पत्रकार पलायन हुने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ। सञ्चार विज्ञ डा।भानुभक्त आचार्यले पत्रकार स्वः आफै राजनीतिक दल र व्यावसायिक घरानामा प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गले संलग्न हुँदा झन समस्या भएको बताएका छन्। आचार्यले व्यावसायिक पत्रकारिताका चुनौती, सो क्याम्पसका आमसञ्चार विभागका उपप्राध्यापक भुवन भण्डारीले सुदूरपश्चिमको व्यावसायिक पत्रकारिताका चुनौतीबारे कार्यशालामा प्रस्तुति राखेका थिए।

पत्रकार मनमोहन स्वाँरले सुदूरपश्चिमको व्यावसायिक पत्रकारिताको विकास, अवस्था र सम्भावना बारे प्रस्तुति राखेका थिए। कार्यक्रममा क्याम्पस प्रमुख डा।धर्मराज उपाध्याय र पत्रकार जगत साउँदलगायतले पत्रकारीताका विषमा धारणा राखेका थिए।