वामदेव गौतमको पार्टी सदस्यता एमालेमै छ ओली – Nagarikabhiyan : National News

वामदेव गौतमको पार्टी सदस्यता एमालेमै छ ओली

काठमाण्डाै –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनुभएको छ ।
बुधवार दिउँसो सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उमेर हद हटाउने हो भने वामदेव गौतमले एमालेमा आउने कुरा गर्नु भयो नि भनी प्रश्न गरेका थिए । ओलीले अब थप केही कुरा छ र भन्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनुभयो । ओलीले भन्नुभयो, ‘उहाँले सदस्यता त्यहीँ ९एमालेमा० छ भन्नुभयो होइन । अनि कुरा बाँकी छ केही थप कुरा रु उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो । एकता अभियान चलाउनुभयो । त्यो अभियानमात्रै हो । पार्टी खोलेको होइन । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

अध्यक्ष ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाइ ठिक भएको पनि बताउनुभयो ।

आजै गौतमले सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनुभएको थियो ।