पाेखराकाे छुट्टाछुट्टै ठाउँमा दुई जनाकाे शव फेला
२३ जेष्ठ २०८०, मंगलवार १४:२०
कास्की पोखराको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ। पोखराको फेवाताल र पोखरा(१४ मा रहेको एक नहरमा एक एक जना मृत फेला परेका प्रहरीले जनाएको हो ।
पोखरा(११ फूलबारीका ४२ वर्षीय रिखीराम शर्मा पौडेलको शव नहरमा फेला परेको हो । फेवातालमा भेटिएको शवको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुवै घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो । पोष्टमार्टका लागि दुवैको शव पश्चिमाचल क्षेत्रीय अस्पतालमा राखिएको उहाँले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया