दूध बेचेर मासिक एक करोड रुपैयाँ भित्र्याउँदै हेटौँडाको हटियाका किसान
२३ जेष्ठ २०८०, मंगलवार १०:१६
मकवानपुर –हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया लक्ष्मीनगरका किसान उपेन्द्रप्रसाद गौतमले विगत साढे दुई वर्षदेखि गाईभैँसी पालन गर्दै आउनु भएको छ । गौतमका फरक– फरक प्रकृतिका तीन वटा गोठमा गाई र भैँसी लस्करै बाँधिएका छन् ।
गौतमसहित उहाँकी श्रीमती र परिवारका अरू सदस्य बिहानको झिसमिसेदेखि राति अबेरसम्म गोठमा नै रमाउने गरेका छन् । कर्मचारी पनि उत्तिकै लागिपरेका छन् । उहाँका गोठमा अहिले १९ वटा गाई र तीन वटा भैँसी छन् । गाई पाल्नका लागि सुधारिएको गोठ पनि निर्माण गरिएको छ । प्रत्येक गाईको टाट्नुमा धाराबाट नै पानी झर्ने बनाइएको छ । आधुनिक गोठका कारण पनि गाईपालनमा निकै सहज भएको उहाँ बताउनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया