मनाङ र फ्रेन्ड्सले बराबरी खेले – Nagarikabhiyan : National News

मनाङ र फ्रेन्ड्सले बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।

आज आइतवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा मनाङ र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेलेका हुन् । मनाङका लागि निराजन धामीले गोल गरे । फ्रेन्ड्सका अमित तामाङले गोल गरे

बराबरी खेल्दै मनाङ र फ्रेन्ड्सले १र१ अङ्क बाँडेका छन् । मनाङ २४ खेलमा ३२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । फ्रेन्ड्स २६ अङ्कसहित १३ औँ स्थानमा छ ।