पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, ११ जना घाइते – Nagarikabhiyan : National News

पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, ११ जना घाइते

पाल्पा – पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा आज आइतवार बेलुकी जीप दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा दुई महिला र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलिसकेको छैन ।

प्रहरीका अनुसार सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप सडकबाट तल खसेको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।