कालापानी कहिले कालोभैँसी अहिले – Nagarikabhiyan : National News

कालापानी कहिले कालोभैँसी अहिले

धेरैलाई लागेको थियो प्रधानमन्त्री भारतबाट फर्कँदा जहाजबाट उहाँसँगै १५ वटा मुर्रा भैँसी पनि पुच्छर हल्लाएर आइँ आइँ गर्दै झर्नेछन् । पानीको फोहोरा र पुष्पगुच्छाले भैँसीको भव्य स्वागत हुनेछ । पत्रकार सम्मेलनमा भैँसीका प्रतिनिधिले नेपाल–भारत सम्बन्धमा भैँसी कुटनीतिबारे प्रष्ट पार्नेछन् । तर जहाजमा सिट खाली भए पो भैँसीले सँगै आउन पाउनु १ प्रधानमन्त्रीको भ्रमण टोलीमा छ बीस मान्छे थिए, भैँसी त के भैँसीको एक डल्लो मःम राख्ने ठाउँ भेट्न पनि मुश्किल १

प्रधानमन्त्रीसँगै भैँसी नआउँदा मान्छेको मनमा भैँसी कुटनीति र नेपाल–भारत सम्बन्धबारे धेरैथरी प्रश्न उठेका छन् । कुटनीतिमा मुर्रा भैँसीको महत्त्व के हुन सक्ला त रु आउनुहोस् घामले तातो भएको दिमागलाई एकछिन चिसो पानीमा आहाल बस्ने भैँसीको कुराले ठण्डा पारौँ।

अहिलेसम्मकै ऐतिहासिक उपलब्धि

यसअघि जति प्रधानमन्त्री भारत भ्रमणमा गए, फर्किँदा रित्तो हात मात्रै हल्लाए । कसैले केही कोसेली ल्याएनन्, उल्टो कसैले उपहार बुझाए कसैले उधारो सम्झौता गरे । यसपटक भारतबाट फर्किँदा प्रधानमन्त्रीले रित्तो हात हल्लाउनु परेन । महाकालेश्वरमा गेरुवस्त्र हल्लाएर दिल्ली फर्किनासाथ भैँसीको पुच्छर हल्लेको देख्नुभयो । दाम्लो समात्न नमिलेर मात्रै हो, नत्र हात परेका १५ वटा भैँसी जहाजबाट सिधै भीआईपी कक्षमा आउँथे । यसअघिका कुनै पनि प्रधानमन्त्रीले गर्न नसकेको यो उपलब्धि ऐतिहासिक हो । किनकि यो पालिको भ्रमणमा भैँसी हाताहाती मिलेका थिए । मोदीसँग भएका र गरेका अरु सम्झौता पूरा हुनेरनहुने ठेगान छैन । पहिलेका प्रधानमन्त्रीले गरेका सम्झौता पनि पूरा नभएको अवस्थामा यसपटक भएका सम्झौता पूरा होलान् भन्ने के भर रु हाताहाती मिलेका भैँसी डोहोर्‍याएर ल्याउन बाँकी भएकाले बरु यहाँ पनि वा ती भैँसी उतै बेपत्ता हुने हुन् संशय बाँकी छ ।

विरोधीहरुले भनेका छन् स् प्रधानमन्त्रीले भारतबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा ल्याउनुपर्नेमा जाबो भैँसी लिएर आए । तर, यो नेपाल–भारतबीचको सम्बन्ध बिगार्ने, अनि सरकार र प्रधानमन्त्रीको भारत भ्रमण असफल देखाउने प्रतिक्रियावादी प्रतिक्रिया हो । चुच्चे नक्सामा समेटिएको त्यतिका जग्गा कसरी बोकेर ल्याउनु रु पहिलो कुरा भारतले भोग गर्दै आएको जग्गा कुन मुखले माग्नु रु किन माग्नु रु जग्गा आखिर हाम्रो चुच्चे नक्सामा त छँदैछ । नक्सामा भैरहेको जग्गा मागेर समय खेर फाल्नु व्यर्थ थियो । नेपाली भूमि र सीमाबारे कुरा गरेको भए भारत खुशी हुन्थ्यो रु भारतीय जनताको मुहारमा खुशी देख्न पाइन्थ्यो रु १५ वटा भैँसी मिल्थ्यो रु त्यसैले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नै ठाउँमा सुरक्षित राखेर भारतबाट भैँसी ल्याउन सक्नु कुटनीतिक सफलताको कोशेढुंगा हो ।