दोलखाको बैत्यश्वर – ८ मा एक दिने निस्शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
२० जेष्ठ २०८०, शनिबार १०:२८
दोलखा दोलखाको बैत्यश्वर गाउँपालिका – ८ नम्बर वडामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
क्षेत्रपाको माथिल्लो भेग संचालन गरिएको उक्त शिविर जिरी प्राविधिक शिक्षालयको सहयोगमा संचालन गरिएको थियो । शिविरमा १२ सय भन्दा बढी पशुको उपचार गरिएको थियो।
शिविरमा गाई, भैँसी बाख्रा,भेडा जस्ता पशुको निशुल्क उपचार गरिएको बैत्यश्वर गाउँपालिका – ८ क्षेत्रपाका वडा अध्यक्ष शान्त बहादुर जिरेलले बताएका छन् ।
शिविरमा पशुको चेक जाच गरि जुका, नाम्ले, रुघाखोकी, भिटामिन, घाउखटिरा, जुम्रा लगायतका उपचार तथा औषधी निशुल्क वितरण गरिएको जिरेलले बताए ।
शिविर सन्चालन का प्रमुख डाक्टर रन्जना रानाभाटले प्रजनन समस्या , आन्तरिक तथा बाह्यय परजीवी नियन्त्रण सम्बन्धि जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्या लगायतका विभिन्न रोगहरुको ४८ प्रकारका औषधिहरु वितरण गरिएको बताए कि छिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया