एप्पलको बजार पुँजीकरण २।८३ ट्रिलियन डलर
१९ जेष्ठ २०८०, शुक्रबार १४:५७
मोबाइल तथा कम्पुटरजन्य उपकरण र सफ्टवेयर निर्माता कम्पनी एप्पलको बजार पुँजीकरण बढेको छ । जुन २०२३ सम्म आइपुग्दा उसको बजार पुँजीकरण २।८३ ट्रिलियन डलर पुगेको छ ।
अघिल्लो वर्ष सन् २०२२ मा एप्पलको बजार पुँजीकरण सन् २१ को भन्दा २८।७७ प्रतिशत घटेर २।०७ ट्रिलियन डलरमा झरेको थियो । अहिले पुनः ३७।०४ प्रतिशत बढेर २।८३ ट्रिलियन डलर पुगेको हो । सन् २०२१ मा उक्त पुँजीकरण २।९० ट्रिलियन डलर रहेको थियो ।
संसारभर प्रसिद्ध रहेको यस कम्पनीले कम्प्युटर, स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्सका साथै अपरेटिङ सिस्टम र एप्लिकेसन सफ्टवेयरको विकास तथा बिक्री गर्दछ । अमेरिकन कम्पनी एप्पलले संगीत, चलचित्र र सफ्टवेयरको लागि इन्टरनेट बिक्री पोर्टलहरू पनि सञ्चालन गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया