प्रचण्ड भ्रमणमा भारतीय सुरक्षाकर्मीद्वारा नेपाली पत्रकारहरुमाथि दुर्व्यवहार
१८ जेष्ठ २०८०, बिहीबार ०७:४३
१८ जेष्ठकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा समाचार संकलनका लागि गएका नेपाली पत्रकारहरुमाथि त्यहाँको सुरक्षाकर्मीहरुले दुर्व्यवहार गरेका छन् ।
विगतमा प्रधानमन्त्रीको भेटवार्ता र छलफलफललाई समेत प्रत्यक्ष प्रशारण गर्ने गरिएकमा यसपटक भने पत्रकारहरुलाई फोटो्भिडियो खिच्न नदिइएको तथा रिपोर्टिङ गर्न नै नदिइएको नेपाली पत्रकारहरुले गुनासो गरेका हुन् ।
प्रवेश गर्न खोज्दा त्यहाँको सुरक्षाकर्मीहरुले यहाँबाट समाचार संकलन गर्न नपाइने भनेर वार्ताकक्षबाट धक्कामुक्का गर्दै बाहिर निकाल्ने प्रयास भएको पत्रकारहरुको भनाइ छ ।
विशेषगरी भारतस्थित नेपाली दूतावासले पास उपलब्ध नगराउँदा सो समस्या उत्पन्न भएको पनि उनीहरुको गुनासो छ ।
भारतीय सुरक्षाकर्मीहरुले पत्रकारहरुलाई गरेको यो व्यवहारले नेपालमाथि नै अपमान गरेको कान्तिपुरकर्मी श्याम श्रेष्ठले बताए ।
उनले यसअघि आफू २ पटक प्रधानमन्त्रीको भ्रमणमा समाचार संकलनका लागि गएको तर यो प्रकारको व्यहार नभएको बताए ।
पत्रकार श्रेष्ठले यो आफ्नो तेस्रो पटकको भारत रिपोर्टिङमा भारतले धेरैनै अपमान गरेको उल्लेख गरे । उनले भने, ‘हामीलाई सुरक्षाकर्मीहरुले घचेडी रहनु भएको छ । निकालीरहनुभएको छ ।’
आफूहरुमाथि भएको दुर्व्यवहार बारे नेपाली दूतावासलाई भन्दा पनि आफूहरुको भनाइबारे वेवास्ता गरिएको पत्रकारहरुले बताका छन् ।
हिमालय टिभीका अर्का पत्रकारले भने भारतस्थित नेपाली दूतावासले भारतीय परराष्ट्र मन्त्रालयमा पत्रकारहरुको लिष्ट उपलब्ध नगराएकाले सो समस्या सृजना भइरहेको त्यहाँका सुरक्षाकर्मीहरुले बताइरहेको बताएका छन् ।
सुरक्षा प्रोटोकलको कारण देखाउँदै भारतीय सुरक्षाकर्मीहरुले रिपोर्टिङ गर्न नदिइ बाहिर निकालिएको उनको भनाइ छ
उनले नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाली दूतावासले निम्छरोपना देखाएको आरोपसमेत लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया