१० प्रतिशत शैय्या छुट्याएर विपन्नलाई निशुल्क सेवा नदिने अस्पताल बन्द गरिदिन्छु बालेन – Nagarikabhiyan : National News

१० प्रतिशत शैय्या छुट्याएर विपन्नलाई निशुल्क सेवा नदिने अस्पताल बन्द गरिदिन्छु बालेन

काठमाडौं ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार तथा अन्य सुविधाहरु नदिलाउने अस्पतालहरुलाई बन्द गरिदिने चेतावनी दिएका छन् ।

प्रमुख शाहले बुधबार स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई भेटेर प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसारको स्वास्थ्य सुविधाहरुको विवरण उपलब्ध नगराउने महानगरभित्रका ६८ स्वास्थ्य संस्थाहरुको विवरणसमेत पेश गर्दै कारवाही गर्न आग्रह गरेको जनाएका छन् ।

त्यसपछि उनले सामाजिक संजालमा स्टाटस लेख्दै केन्द्र सरकारले ७ दिन भित्र कारवाही नगरे महानगर आँफैले ती अस्पतालहरुलाई बन्द गरिदिने चेतावनी दिएका हुन् ।