आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन
१७ जेष्ठ २०८०, बुधबार ०७:०६
काठमाडौं : ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले बुधबार तुलसीको दल ९बीउ० राख्दैछन्।
निर्जला एकादशीमा जलरहित पानीसमेत नपिईउपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ।
यो दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ।
यो मात्र नभई वर्षभर पर्ने २४ वटै एकादशीलाई वैष्णव सम्प्रदायले विशेष पर्वका रूपमा मनाउँछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया