बिहान ५ बजे बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु – Nagarikabhiyan : National News

बिहान ५ बजे बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु

राज बोगटी जेठ १६ देवानगञ्ज-

धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु भएको छ।

आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर(१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। मृतकको अहिलेसम्म नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।