सहरी विकासको लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट, अहिले भन्दा झण्डै दोब्बर – Nagarikabhiyan : National News

सहरी विकासको लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट, अहिले भन्दा झण्डै दोब्बर

सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्‍याएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गर्नुभएको हो ।

चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो ।
यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करिब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको हो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताउनु भयो ।