गणतन्त्र बलियो बनाउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक पूर्वराष्ट्रपति भण्डारी
१५ जेष्ठ २०८०, सोमबार १४:२०
देशमा दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले सामान्य जीवन बिताइरहनु भएको छ ।
नेपालको बाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको सर्वोच्च पदमा पुग्नुभएका पूर्वराष्ट्रपति भण्डारी गणतन्त्रको संस्थागत विकास, समृद्ध नेपाल र स्वाधीन अर्थतन्त्र निर्माणका लागि अहिले पनि उत्तिकै चिन्तित देखिनुहुन्छ ।
१६औँ गणतन्त्र दिवसका अवसरमा उहाँले शुभकामना दिनुहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र लोकतन्त्रको उच्चतम् रुप भएको बताउनु भएको छ । आजको देशको आवश्यकता समृद्व राष्ट्र, सुखी राष्ट्र र अनुशासित राष्ट्र निर्माणका लागि सबैको साथ, सहयोग र सहकार्यको आवश्यकता रहेको उहाँको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया