बस दुर्घटना हुदा ८ जना घाइते – Nagarikabhiyan : National News

बस दुर्घटना हुदा ८ जना घाइते

राज बोगटी जेठ १४  देवानगञ्ज 

कैलालीमा बस दुर्घटना भएको छ।

जिल्लाको जानकी गाउँपालिका – १ दुर्गौली चोकमा ना।६ ख ८८३३ नंम्बरको बस अनियन्त्रित हुदा सडकमै पल्टीएर दुर्घटना भएको हो।
गाडीमा २७ जना सवार रहेकोमा ८ जना सामान्य घाइते भएका र बाकिँ सबै सकुशल रहेको कैलाली प्रहरीले जनाएको छ।

सामान्य घाइते भएका ८ जनाको स्थानीय टीकापुर अस्पालमा उपचार भैइरहेको छ। धनगढीबाट टीकापुरतर्फ जाँदै गर्दा बस दुर्घटना भएको तोरैंयाँपुर प्रहरी चौकीका इन्चार्ज लक्ष्मण कुँवरले बताए।