गाडीभाडामा मनपरी स् सरकारले बल्ल घटायो, व्यवसायीले अझै घटाएनन्
१३ जेष्ठ २०८०, शनिबार ०९:५१
गाडीभाडामा मनपरी स् सरकाबझापाका स्थायी बासिन्दा हरिप्रसाद शर्मा काठमाण्डौको कोटेश्वरमा बस्न थालेको करिब ४० वर्ष भयो । शिक्षण पेशामा आबद्ध शर्मा कतै आउजाउ गर्दा सार्वजनिक गाडी चढ्नुहुन्छ । सरकारले डिजलको भाउ लिटरमा १० रुपैयाँ घटाएको ९ दिनपछि बाग्मती प्रदेश सरकारले बिहीबारदेखि काठमाण्डौ र प्रदेशभित्र चल्ने गाडीको भाडा घटायो । तर, शर्मा भने पहिले तिर्ने गरेको भाडामा आउजाउ गरिरहनु भएको छ ।
कोटेश्वर बहुमुखी क्याम्पस तथा ललितपुर चापागाउँको एक निजी विद्यालयमासमेत पढाउने शर्माले कोटेश्वरबाट लगनखेल आउँदा २० रुपैयाँ तिर्नुभयो । जबकि घटेको भाडादर अनुसार उहाँले १९ रुपैयाँ मात्र तिर्नुपथ्र्यो ।
उहाँले भाडा घटेको र त्यसै अनुसार सहचालकसँग पैसा फिर्ता पनि माग्नु भएको हो तर चानचुन छैन भन्दै उहाँले फिर्ता पाउनु भएन । उहाँ भन्नुहुन्छ, ‘घटेको भाडा त घटाउनै पर्छ एकरदुई रुपैयाँ भनेर हुँदैन । हामी कुनै पनि कार्यालयमा जाँदा एकरदुई रुपैयाँ पुगेन भने काम हुन्छ र रु जग्गा पास गर्न जाँदा एकरदुई रुपैयाँ भएन भने पास हुन्छ र रु’
गोदावरीका बाबुकाजी महर्जन २३ वर्षदेखि गोदावरी–रत्नपार्क रुटमा गाडी चलाउनुहुन्छ । एक पटकमा झण्डै २२ जना यात्रु बोक्ने उहाँलाई भाडा घटेकोबारे थाहा छैन ।
‘डिजेलको भाउ घटेपछि अब भाडा घट्छ होला तर, अहिलेसम्म हामीलाई घटाएको चिठी आएको छैन’ पुरानो भाडादर देखाउँदै महर्जन भन्नुहुन्छ, ‘स्वचालित मूल्य प्रणाली भनेको छ । सरकारले घटायो भने घटाउने बढायो भने बढाउने हो ।’
सार्वजनिक गाडीले रुट अनुसारको भाडादर सबै यात्रुले देख्ने गरी टाँस्नुपर्ने, टिकट काउन्टरमा पनि सूची राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, धेरैजसो सार्वजनिक गाडीले भाडादरको सूची टाँस्ने गरेका छैनन् ।
सरकारले डिजलको भाउ बढाउँदा सरकारको निर्णय नै नकुरी भाडा बढाउने व्यवसायीहरुले अहिले सरकारले भाडा घटाउने निर्णय नै गरिसक्दा पनि भाडा घटाएका छैनन् ।
काठमाण्डौ उपत्यकाभित्रको न्यूनतम भाडा अहिले एक रुपैयाँले घटेको छ । पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ रहेकोमा अब १९ रुपैयाँ कायम भएको छ ।
यस्तै, १० किलोमिटरसम्मको गाडीभाडा २७ रुपैयाँबाट २५ रुपैयाँ, १५ किलोमिटरसम्मकोमा ३२ रुपैयाँबाट ३० रुपैयाँ, २० किलोमिटरसम्मकोमा ३५ रुपैयाँबाट ३३ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथिकोमा ४० रुपैयाँबाट ३८ रुपैयाँ कायम भएको छ । तर, बाग्मती बाहेक अन्य ६ प्रदेशमा भने छोटो दुरीको भाडा घटेको छैन ।
चालक महर्जनका अनुसार अहिले लगनखेलबाट सिंहदरबारसम्म २० रुपैयाँ लिने गरेको र रत्नपार्कसम्म भने २३ रुपैयाँ भए पनि चानचुन पैसा नहुने कारणले २५ रुपैयाँ लिने गरेको बताउनुहुन्छ ।
चानचुन पैसा फिर्ता किन नदिने भन्दा महर्जन भन्नुहुन्छ, ‘अहिले चानचुन पैसा साट्ने ठाउँ नै छैन । कहाँबाट साट्नु रु पेसिन्जर पनि अहिले त बुझ्ने भइसके । कोहीले भने किचकिच गर्छन् । कहिले हामी छा्ड्छौँ । कहिले उनीहरुले छोड्छन् ।’
यात्रुसँग एक रुपैयाँ मात्रै बढी भाडा लिएको थाहा पाए पनि समितिले पाँच हजार रुपैयाँ जरिबाना लिने भएकाले भाडा बढी नलिएको तर्क छ महर्जनको । उहाँ भन्नुहुन्छ, ‘अब दुईरचार दिनमा आउँछ होला समितिबाट त्यसपछि घटाउने हो ।’
सामान्यतया लगनखेल–रत्नपार्क रुटका माइक्रोबसहरुले एक ट्रिपमा २२ जना यात्रु बोक्छन् भने दिनभरीमा झण्डै १० ट्रिप जति गर्ने गर्छन् । यसरी रत्नपार्क आउजाउ गर्दा अहिले घटेको न्यूनतम भाडादरमा घट्नु पर्ने एक रुपैयाँको हिसाब गर्दा पनि माइक्रोहरुलाई सोझै ४ सय ४० रुपैयाँ फाइदा हुने देखिन्छ । अझ न्यूनतमभन्दा माथि दुई रुपैयाँ घट्नु पर्ने ठाउँको हिसाब गर्दा त्यो अझ बढी हुन आउँछ ।
साझा यातायातले पनि अहिलेसम्म भाडादर घटाएको छैन । अहिले पनि साझाले न्यूनतम भाडादर २० रुपैयाँ नै लिइरहेको छ । साझा यातायातका रत्नपार्क–गोदावरी रुटका सहचालक राजु अधिकारी पनि साझा यातायातले अहिलेसम्म भाडा नघटाएको र न्यूनतम भाडादर २० रुपैयाँ नै लिइरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म पनि हाम्रोमा २० रुपैयाँको नै टिकट दिने गरेको छ ।’
सरकारले बाग्मती प्रदेशमा छोटो दुरीमा भाडा घटाए पनि सुदूरपश्चिम, कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अन्तर पालिका भाडादर अहिलेसम्म समायोजन हुन सकेको छैन । वैज्ञानिक भाडादर प्रणाली अनुसार पेट्रोल र डिजलको मूल्यमा ५ प्रतिशत तलमाथि भएमा भाडादर समायोजन गर्नुपर्ने भने पनि ती प्रदेशहरुमा भने नयाँ भाडादर कायम भएको छैन । भाडादर समायोजन गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत बाँकी पक्षलाई आधार मान्नुपर्ने हुन्छ ।
त्रिचन्द्र कलेजमा पढ्ने सिरहा मिर्चैया नगरपालिकाकी सवी साह लगनखेल बस्नुहुन्छ । कलेज आउजाउ गर्दा दुई पटक गाडी चढ्नुपर्छ । विद्यार्थीको परिचय पत्र भएका कारण उहाँले कलेजसम्म गएको १५ रुपैयाँ तिर्नुपर्छ । तर, अहिले भाडा घटिसक्दा पनि उहाँले भने १५ रुपैयाँ नै तिरिरहनु भएको छ । ‘भाडा घटेको होइन भनेर भन्दा होइन त्यति नै हो भनेर जिद्दी गर्छन् । अब बसेर कराइरहने कुरा पनि भएन,’ साह भन्नुहुन्छ ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँर डिजेलको भाउ घटेर सरकारले भाडा घटाए पनि यो वैज्ञानिक नभएको बताउनुहुन्छ । उहाँका अनुसार अहिले सरकारले न्यूनतमा भाडादरमा एक रुपैयाँ घटाएकोले त्यो पैसा लिन पनि नमिल्ने अनि छोड्न पनि नमिल्ने भएको छ । रले बल्ल घटायो, व्यवसायीले अझै घटाएनन्

फेसबुकबाट तपाईको प्रतिक्रिया