स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु
१० जेष्ठ २०८०, बुधबार १९:१९
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न –५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरिएको छ।
बुधबार स्वास्थ्य चौकीको सभाहलमा एक औपचारीक कार्यक्रका बीच स्वास्थ्य चौकी इञ्चार्जलाई खोप हस्तान्तरण गर्दै नगरप्रमुख हेमराज ओझाले रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ गरेका हुन। सेवा शुभारम्भ गरेपछि नगरप्रमुख ओझाले कृष्णबासीले रेबिज रोग विरुद्धको खोप सेवा लिन नगरपालिका बाहिर जानुपर्ने झण्झटलाई मध्यनजर गर्दै कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरेको बताए।
उनले नगरपालिका बाहिर सेवा लिन जाँदा आफ्ना नागरीकले कहिल्यै चिकित्सक नभेट्ने, कहिले समयमै अस्पताल नपुग्ने र सेवा लिन पनि मालाखेती अस्पताल, सेती प्रादेशिक अस्पताल धनगढी वा महाकाली अस्पताल जानुपर्ने बाध्यता रहेकाले आफूले विभिन्न निकायसँग समन्वय गरेर रेबिज रोग विरुद्धको खोप सेवा कृष्णपुर स्वास्थ्य चौकीमा शुभारम्भ गरेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया