अछाममा करेन्ट लागेर एक जनाको मृत्यु
९ जेष्ठ २०८०, मंगलवार २१:३४
राज बोगटी देवानगंज करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ।
जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुसकोट सेलगाउँका ३१ वर्षिय सर्जन साउँदको करेन्ट लागेर मृत्यु भएको हो। उनलाई विद्युत लाईन जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।
मंगलवार गाउँको एक विधालयका लागि लाईन तान्ने क्रममा पोलमा चढेका साउँदको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया