सप्तरीमा १ जनाको ज्यान गयो, २ जना घाइते – Nagarikabhiyan : National News

सप्तरीमा १ जनाको ज्यान गयो, २ जना घाइते

सप्तरी –  सप्तरीमा आज मङ्गलवार दिउँसो करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

महादेवा गाउँपालिका वडा नम्बर ६ का २५ वर्षका जवाहर मण्डलेको आफ्नै घर छाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो । जवाहर छुटाउन गएका उहाँकै काका ५१ वर्षका उमेश मण्डल घाइते हुनुभएको र अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा पनि करेन्ट लागेर एक जना घाइते भएका छन् । बारीमा घाँस काट्ने क्रममा बिजुलीको तारमा छुँदा करेन्ट लागेर कुमार थापा घाइते भएको र अहिले उपचार भइरहेको छ ।