नदीको किनारमा एक बालिका मृत फेला – Nagarikabhiyan : National News

नदीको किनारमा एक बालिका मृत फेला

देवानगंज – बझाङको नदी किनारमा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर–१ जालेबगर स्थित सोमवार सेती नदी किनारमा बालिकाको शव फेला परेको हो।

अन्दाजी ४र ५ वर्षीया बालिकाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। पोष्टमार्टमको लागि शवलाइ जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।