काठमाडौं महानगरले निःशुल्क उपचार नगर्ने अस्पतालाई कार्वाही गर्ने
९ जेष्ठ २०८०, मंगलवार ११:३७
काठमाडौं: काठमाडौं महानगरपालिकाले निःशुल्क उपचार नगर्ने अस्पताहरुलाई कार्वाही गर्ने जनाएको छ। मेयर बालेन्द्र साह ९बालेन०ले सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै मापदण्ड अनुसार निःशुल्क उपचार नगर्ने अस्पताललाई कार्वाही गर्ने जनाएका हुन्।
‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ ९४० ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार समेत स्थानीय तहलाई रहेको छ’ बालेनले लेखेका छन्।
मेयर बालेनका अनुसार लक्षित वर्गले निशुल्क स्वास्थ्य उपचार पाए÷नपाएको विवरण प्रत्येक अस्पतालले महिनाको १० गते भित्र महानगरपालिकामा पेश गर्नु पर्नेछ। विवरण पेश नगर्ने अस्पताललाई महानगरपालिकाले कार्वाही गर्नेछ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्था रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया