पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गयो – Nagarikabhiyan : National News

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गयो

क‍ास्की – पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन्।

गएराति ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा काठमाण्डौ कपनका १८ वर्षीय सफल खतिवडाको ज्यान गएको हो । उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुका १७ वर्षीय सङ्गम बानियाँ घाइते भएका छन् । उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।