एमालेले एक वर्षमा गर्ने चार काम
९ जेष्ठ २०८०, मंगलवार ०८:४५
दुई महिने ‘मिसन ग्रासरुट अभियान’ ले नेकपा एमालेभित्र देखिएको समस्याको पहिचान गरेको छ । पार्टीभित्र किन अराजकता बढ्दै गयो र चुनावमा अन्तर्घात भयो भन्ने पहिचान गरेको छ । अन्तरविरोधको कारण र प्रवृत्ति पत्ता लगाएको छ ।
५०० पार्टी सदस्य भएको ठाउँमा २०० भोट कसरी आयो रु पार्टी सदस्यहरूले नै भोट नहाल्ने कसरी हुन्छ रु अभियानले यी र यस्ता समस्याको कारण पहिचान गरेको छ । एकप्रकारले मिसन ग्रासरुट अभियानले चुनावी समीक्षा गरेको छ ।
अभियानले पार्टी कमिटी र सदस्यहरूमा देखिएको समस्याको समीक्षा पनि गरेको छ । कमिटीहरूको वैधानिक बैठक नबसेको, चुनावको प्रचार नगरेको र वैचारिक काम नगरेकाले पार्टी सदस्यहरू अनुशासनहीन बनेको निष्कर्ष निकालेको छ । र, यसका पछाडि गुटबन्दी, ठेकेदारी या पार्टी सदस्यता वितरणलाई गम्भीर रूपमा नलिएकै देखिन्छ । अतः मिसन ग्रासरुट अभियानको सिकाइबाट आगामी एक वर्षभित्र एमालेले चार वटा मुख्य काम गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया