राजा ज्ञानेन्द्रले आज राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्ने – Nagarikabhiyan : National News

राजा ज्ञानेन्द्रले आज राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्ने

देवानगंज  –  पूर्वराजा ज्ञानेन्द्र शाहले आज राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्ने भएका छन्। नागरिक अभिनन्दन कार्यक्रममा सहभागिताका लागि धनगढीमा रहेका पुर्वराजा शाहले आज बिहान ११ बजे अत्तरिया चौराहमा रहेको राजा महेन्द्र शाहको शालिकमा माल्यार्पण गर्न लागेका हुन्।

पुर्वराजा शाह आईतवार स्थलमार्ग हुँदै धनगढी पुगेका थिए। पुर्वराजा शाह आइतवार अत्तरियामा नरुकेर सिधै धनगढी आएका भएपनि आज भने पुनः शालिकमा माल्यार्पण गर्न अत्तरिया जान लागेको सालिक पुननिर्माण समितिका सचीव अध्यक्ष दुर्गा कुमार पोखरेलले बताएका छन्।