माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो – Nagarikabhiyan : National News

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

देवानगंज – रामेछापमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

लिखु तामाकोशी गाउँपालिका–२ सैपुको सिरिसेमा लिखु नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर २९ वर्षीय सुवास कार्कीको ज्यान गएको हो ।
माछा मार्न प्रयोग हुने उपकरणमा करेन्ट सर्ट हुँदा कार्कीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।