सुनसरीको सीमावर्ती क्षेत्रमा बढ्यो चोरी
१९ कार्तिक २०७७, बुधबार २१:४९
देवानगंज । सुनसरीको सीमावर्ती क्षेत्रमा रातीको समयमा चोरी बढेको स्थानीहरुले गुनासो गरेका छन् । देवानगंज गाउँपालिकाको दुई स्थानमा एकपछि अर्को चोरीको घटना भएको स्थानीयले बताएका छन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमामा सुरक्षा दिएपनि चोरीको घटना नरोकिएको सीमावर्ती क्षेत्रका स्थानीयको गुनासो रहेको छ । शनिवार र मंगलवार राती विद्यालय र स्वास्थ्य चौकीको कम्प्युटर सहित बिधुतिय उपकरणहरु चोरी भएको सार्वजनिक भएको छ । देवानगंज गाउँपालिका २ को देवानगंज माविको ३ सेट कम्प्युटर , एक थान इन्भेटर, एक थान ब्याट्री र मोटर चोरी भएको छ भने देवानगंज स्वास्थ्य चौकीको कम्प्युटर समेत चोरी भएको छ ।
विद्यालयमा रातीको समयमा चोरी भएको प्रधानाध्यक जर्नादन गुप्ताले जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले घटनाको पुष्टि गर्दै घटनाको बारेमा अनुसन्धान र चोरको खोजी कार्य गरिरहेको प्रतिक्रिया दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया