ट्रम्पको ट्वीट भाम्रक र विवादास्पद भन्दै ट्वीटरले दियो नोटिस – Nagarikabhiyan : National News

ट्रम्पको ट्वीट भाम्रक र विवादास्पद भन्दै ट्वीटरले दियो नोटिस

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूहरु जितको नजिक रहेको तर निर्वाचनमा केहीले धाँधली गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । ट्रम्पले बुधबार ट्वीट गर्दै सो कुरा लेखेका हुन् ।

उनको उक्त ट्वीट भाम्रक र विवादास्पद भन्दै ट्वीटरले नोटिस दिएको छ । ट्रम्पको उक्त ट्वीट भ्रामक भएको भन्दै ट्वीटरले उनको ट्वीटमा ‘नोटिस’ राख्दै ट्वीट हाइड गरेको हो ।

यद्यपि, ट्रम्पको ट्वी हेर्न भने अझै सकिन्छ। ट्वीटरले ट्रम्पको ट्वीट विवादास्पद भएको र निर्वाचन प्रणाली बारेमा भ्रामक सूचना भएको भन्दै नोटिस राखेको हो ।

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना भइरहेको छ । वर्तमान राष्ट्रपति ट्रम्प र डेमोक्रेट उम्मेदवार जोय बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।मतगणना

भइरहँदा बाइडेनले आफू निर्वाचन जित्ने दिशामा रहेको प्रतिक्रिया दिएका छन् । उनले आफ्ना समर्थकलाई धैर्य राख्न आग्रह गरेका छन् ।