विदेशमा रहेका नेपालीलाई आवधिक चुनावमा मतदान गर्न पाउने व्यवस्था गरिने (पौडेलले – Nagarikabhiyan : National News

विदेशमा रहेका नेपालीलाई आवधिक चुनावमा मतदान गर्न पाउने व्यवस्था गरिने (पौडेलले

काठमाण्डौ –सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक चुनावमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ ।शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

आतंकवाद तथा संगठित अपराध, मिटरब्याजी, हिंसा, साइबर अपराध, लागु औषधको अवैध ओसारपसारलगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने भएको छ ।

त्यस्तै सरकारले आगामी ५ वर्षमा कारावासमा कैदीको चाप नहुनेगरी निर्माण भएका कारागारहरुको सञ्चालन तथा नयाँ कारागारको निर्माण गर्ने भएको छ