सहरी क्षेत्र तथा राजमार्ग वरपर १ हजार सार्वजनिक शौचालय बनाउने सरकारको घोषणा
५ जेष्ठ २०८०, शुक्रबार १८:०७
काठमाण्डाै – सरकारले सहरी क्षेत्र तथा राजमार्ग वरपर यात्री, पर्यटक, सेवाग्राहीको अत्यधिक चाप हुने सार्वजनिक ठाउँमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार वटा सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल बनाउने घोषणा गरेको छ ।
शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राजमार्गमा सार्वजनिक निजी साझेदारीमा स्मार्ट रोड साइट स्टेशन निर्माण गर्ने घोषणा गर्नुभयो ।
यसैगरी सरकारले तीन तहकै सरकारको समन्वयमा सरसफाइ, स्वच्छताको कायर्कक्रमलाई राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारले नदीनाला तथा पानीको स्रोतलाई प्रदूषणमुक्त राख्न फोहर पानी प्रशोधन प्रणालीको विकास र विस्तार गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया