दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते
५ जेष्ठ २०८०, शुक्रबार १०:३२
रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
हिजो बेलुका सानीभेरी गाउँपालिका–९ हाँसीबाङको खारखोलामा रा १ त ३७९० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा मुसिकोट नगरपालिका(१४ का १८ वर्षीय हेमराज ओलीको ज्यान गएको हो । दुर्घटनामा मुसिकोट नगरपालिका(१४ का चन्द्रबहादुर खड्का र सानीभेरी गाउँपालिका(११ का शेरबहादुर परियार घाइते भएका छन् ।
घाइते दुवैजनाको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये खड्काको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि हेलिकप्टरमार्फत् अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया