‘अयोग्य लडाकु’लाई पीडा र अपमान कहिलेसम्म
५ जेष्ठ २०८०, शुक्रबार ०८:१२
नेपालमा गणतन्त्रको आधार खडा गरेको १२ बुँदे सहमतिको ३ नम्बर बुँदामा भनिएको छ— ‘देशले आज सशस्त्र द्वन्द्वको सकारात्मक समाधानका साथ स्थायी शान्ति स्थापनाको माग गरेको छ। त्यसैले हामी निरङ्कुश राजतन्त्रको अन्त्य र उक्त प्रक्रियाका आधारमा आउने संविधानसभाको निर्वाचन र पूर्ण लोकतन्त्र स्थापनाको अग्रगामी राजनीतिक निकासद्वारा देशको विद्यमान सशस्त्र द्वन्द्व अन्त्य गरी स्थायी शान्ति स्थापना गर्न दृढ संकल्पित छौं।
यस प्रक्रियाद्वारा शान्तिपूर्ण नयाँ राजनीतिक धारमा अघि बढ्न नेकपा माओवादी प्रतिबद्धता व्यक्त गर्दछ।
यसै सन्दर्भमा निरङ्कुश राजतन्त्रको अन्त्यपछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा राख्ने, निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने समझदारी भएको छ। वार्ता प्रक्रियामा भरपर्दो अन्तर्राष्ट्रिय समुदायको संलग्नतालाई हामी अपेक्षा गर्दछौं।’
राजा ज्ञानेन्द्रको कदमले भिन्न उद्देश्यमा संघर्षरत दलहरू र माओवादीलाई एउटै धारमा आउन बाध्य गरायो र १२ बुँदे सहमतिपछि आन्दोलनको आँधीबेहरी सिर्जनासँगै राजतन्त्रको अन्त्य भयो। सहमतिअनुसार संविधानसभा निर्वाचनको वातावरणका लागि जनमुक्ति सेना अस्थायी क्याम्प ९क्यान्टोनमेन्ट० मा बस्नुपर्ने भयो।
माओवादीसँग नमिले आन्दोलनले गति नलिने भएपछि १२ बुँदे सहमति गरेका दलहरू जनआन्दोलनको सफलतापछि यो वा त्यो वहाना गर्दै गए। माओवादीसँग बालसेना छन् भन्ने हुइयाँ पिटाइयो। संविधानसभा निर्वाचनको वातावरण बनाउन माओवादीले यी आरोप मान्न बाध्य भयो र यूएनले छानबिन गर्ने भन्ने भयो। यूएनडीपीले जनमुक्ति सेना र हतियारको दर्ता प्रक्रिया थाल्यो। स्मरण रहोस्, अनमिनले सेना तथा हतियारको अनुगमन एवं दर्ता प्रक्रिया र यूएनडीपीले प्रमाणीकरण गरेको थियो।
फेरि माओवादीले नयाँ मान्छे भर्ती गरे भन्ने अर्को हुइयाँ पिटाइयो। अन्ततस् पछि भर्ती गरिएका र १८ वर्ष उमेर नपुगेका गरी दुई वर्गमा प्रमाणीकरण गर्न माओवादी सहमत भयो। निकै आरोह(अवरोहबीच यूएनडीपीले प्रमाणीकरण सिध्यायो। अन्ततस् २ हजार ९७३ जनालाई उमेर नपुगेको र १ हजार ३५ जनालाई पछि भर्ती गरिएको भन्दै जम्मा ४ हजार ८ जनालाई सहमति अनुसार योग्यतारप्रक्रिया नपुगेको करार गराइयो।
जनमुक्ति सेनासँग धेरै थरी सैन्य दस्ता ९फोर्स० थिए। मुख्य फर्मेशन अन्तर्गत ७ डिभिजन र हरेक डिभिजनमा ४र४ ब्रिगेड थिए। त्यसका अलावा नेताहरूको सुरक्षामा खट्ने दस्ता, शहरी छापामार, विभागीय काममा खटाइएका फोर्स, जिल्ला(जिल्लाको सुरक्षामा रहेका सहायक फोर्स र गाउँ(गाउँमा मिलिसिया थिए। ती सबैलाई केन्द्रीकरण गर्दा पछि भर्ती गरिएको आभास आयो होला।

फेसबुकबाट तपाईको प्रतिक्रिया