देवानगंजबाट सदरमुकाम इनरुवा जोड्ने हुलाकी सडक निर्माणको काम सुरु
३ जेष्ठ २०८०, बुधबार १५:२३
देवानगंज सुनसरीको देवानगंज गाउँपालिकाबाट सदरमुकाम इनरुवा जोड्ने हुलाकी सडक निर्माणको काम सुरु भएको छ । देवानगंज–६ बाट इनरुवाको हनुमान चोकसम्म जोडिने सडकको बुधबारबाट निर्माण कार्य शुभारम्भ भएको हो ।
गत बैशाख १८ गते इरुवामा शिलान्यास भएको सडकको देवानगंजबाट निर्माण कार्य सुरु गरिएको छ । देवानगंजमा नै शिलन्यास कार्यक्रम तय भएपनि शिलान्यास मोहका कारण नेताहरूको दवावमा इनरुवामा शिलान्यास भएको बताइएको छ ।
सडकको पूर्व सुचना, संचार तथा प्रविधीमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधीसभासदस्य ज्ञानेन्द्र बाहदुर कार्की, कोशी प्रदेशको भौतिक पूवाधार विकास मन्त्री जिवन कुमार चापागाईँ लगायतले गरेका थिए ।
केशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा निमार्ण हुन लागेको सडकको तीन वर्ष भित्र निमार्ण सक्ने सम्झौता भएको छ ।
शुभारम्भ कार्यक्रममा देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, कोशी प्रदेशसभा सदस्य रामप्रसाद मेहता, कोशी प्रदेशका भौतिक पूवाधार विकासमन्त्री जिवन कुमार चापागाईँ, वडाध्यक्ष जगनारयण मेहता लागयत स्थायिहरूको सहभागिता रहेको थियो ।
सडक निर्माणको जिम्मा काठमाडौंको श्री महाबिर इन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रालिले पाएको छ । ३२ करोड ८३ लाख ५ हजार लागतमा सडक निर्माण हुन लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया