डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले घट्यो, पेट्रोलको यथावत्
२ जेष्ठ २०८०, मंगलवार २०:२९
काठमाण्डाै – सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।
निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ । अब डिजल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएको छ ।
निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया