चार लाख मुल्यका सामग्री छोडेर अटो चालक फरार
२ जेष्ठ २०८०, मंगलवार १५:०६
देवानगंज जेठ २, धनगढीमा साढे चार लाख मुल्य बराबरका विभिन्न भन्सार छलीका सामग्री छोडेर अटो चालक फरार भएका छन्।
आज धनगढी उपमहानगरपालिका–२ बसपार्क पछाडीबाट प्रहरीले भन्सार छलीका अवैध सामान बरामद गरेको छ। नामथर खुल्न नआएको चालकले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ४०८५ नम्बरको अटोमा भन्सार छलिको सामान ल्याउदै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी हवल्दार रामसिंह धामीको कमाण्डमा खटिगएको गस्ती टोलीलाई देखेपछि अटो नै छोडेर चालक फरार भएको प्रहरीले जनाएको छ।
उक्त अटो र अटोमा रहेका सामान बरामद गरिएको छ। करिब चार लाख ४४ हजार मुल्य बराबरका सामग्री प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। प्रहरीले अटोसहित एक सय २५ थान सादा साडी, एक सय २० थान सेतो धोती, १० थान टावेल, १५ थान सादा धोती, ४१ थान राम्रोमा साडी, ६ सय थान श्रीराम लेखेको खादा र ९८ थान ब्लाउज थान कपडा मरामद गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया