न्युजिल्याण्डको एक छात्रावासमा आगलागी ६ जनाको ज्यान गयो, बेपत्ता ३० जनाको खोजी चल्दै
२ जेष्ठ २०८०, मंगलवार ०८:४८
न्युजिल्याण्डको राजधानी वेलिङ्गटनको एक छात्रावासमा आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा ६ जनाको ज्यान गएको छ । ३० जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको छ ।
चार तले आवासीय भवनमा गएराति आगलागी भएको र भवनमा ९२ जनासम्म बस्न मिल्ने कोठा रहेको जनाएको छ । तर आगलागी हुँदा भवनमा कतिजना थिए भन्ने खुल्न सकेको छैन ।
आगलागी नियन्त्रणका लागि २० वटाभन्दा धेरै दमकल प्रयोग गरिएको थियो । आगो निभाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तर कसैले जानाजानी आगो लगाएको हुन सक्ने अनुमान गरिएको खबरमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया