डडेलधुरामा पखाला स् एकको मृत्यु, १४८ जना बिरामी – Nagarikabhiyan : National News

डडेलधुरामा पखाला स् एकको मृत्यु, १४८ जना बिरामी

डडेलधुरा:  डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक जनाको मृत्यु भएको छ। पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ।

उक्त गाउँका १४८ जना पखालाबाट प्रभावित भएका छन्। स्वास्थ्य निर्देशनालय दिपायलले १० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा पखालाबाट प्रभावित भएको जनाएको छ। पशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गुप्तगडा गाउँका पखालाबाट पीडित ८ जना बिरामी उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिए।

उनले भने, ‘झाडापखाला देखिएपछि यसको रोकथामका लागि पानी शुद्धीकरण गरेर उपभोग गर्ने व्यवस्था गर्न लागिएको छ, प्रभावित अन्य बिरामीको गाउँमै खटिएको स्वास्थ्य टोलीले उपचार गरिरहेको छ।’ यसबाहेक जनचेतना अभिवृद्धि गर्न स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँमा परिचालन गरिएको छ।

खानेपानीको मुहान प्रदूषित भएका कारण पखालाको समस्या देखिएको जनाइएको छ। खानेपानी प्रदूषित भएकाले पखाला फैलिएको जनाइएको छ। पखाला लागेमा लगातार पखाला लागिरहने, बान्ता आउने, ज्वरो आउने र शरीरमा पानीको मात्र कम ९जलवियोजन० भई बिरामीको मृत्यु हुन सक्छ।